ग्रामीण क्षेत्रका लागी सूचनामुलक सामाग्रीहरुको पोर्टलमा स्वागतम्।

यस ग्रामीण सूचना गेटवे नेपालका सम्पूर्ण ग्रामीण क्षेत्र र केन्द्र तहका ताजा सूचना र सन्देशहरु प्रस्तुत गर्नको निम्ति २०६५ मा विकाश गरिएको हो । यस पोर्टलको मुख्य उदेश्य भने ग्रामिण समुदायलाई लक्षित बिभिन्न बिषयका ज्ञानमुलक, सन्देशमुलक, शिक्षा तथा ब्यापार, ब्यवसाय तथा विज्ञान र प्रविधिका नविनतम शिक्षाप्रद बिषयबस्तुहरु सम्प्रेसन गरि इन्टरनेटको माध्यमबाट उपलब्ध गराउनुहो । यसबाट नेपालका ग्रामीण क्षेत्रमा वसोवास गर्ने व्यक्तिहरुलाई आवाश्यक पर्ने ई-सूचनाहरु एकै थलोबाट प्राप्त गर्न सकिन्छ । (फोटो: साना किसान सहकारी संथा प्रबन्धक, उत्तरगंगा, सुर्खेत, द्वारा कम्प्यूटर तालिम दिदै ।)

यस पोर्टलमा ग्रामीण समुदायहरुलाई उपयोगी हुने सेवाहरुको बारेमा जानकारी अधिकाम्स नेपाली  र केही मात्रामा अग्रेंजी भाषामा उपलब्ध  छ । ई-सूचनाको हकमा यस पोर्टलले कृषि, महिला विकाश तथा शसक्तिकरण, रोजगार, शिक्षा तथा स्वास्थ्य र सूचना तथा संचार प्रविधि बारे जानकारी गराउने छ। कृषि सम्बन्धमा यस पोर्टलले कालिमाटि (काठमाण्डौ), पोखरा र नारायणगढको मुख्य कृषि बजार भाउ दैनिक रुपमा जानकारी पनि गराउदछ । थप यस्ले देशमा स्थापित अन्य सूचना केन्द्रहरुका तथ्याङ्क पनि राख्दछ ।

प्रस्तुत गरीएको कृयाकलापले नेपालका ग्रामीण क्षेत्रका प्रयोगकर्ताहरुलाई प्रत्यक्ष असर पार्दछ । सशक्त सूचना एवं विषयवस्तुको आधार तथा अद्यावधीक गर्ने प्रणालीको अभावमा पोर्टलको उपयोगीता न्यून रहने गर्दछ । नेपालको विकासका क्रियाकलापमा संलग्न रहेका विभिन्न संगठनको एक आपसको सहयोग र सम्पर्कले पोर्टल मार्फत जनचेतना वृद्धि गर्न सघाउ पुग्नेछ । यसर्थ सूचना प्रवाह गरी ग्रामीण समुदायको ज्ञान वृद्धि गर्न आ-आफ्नो क्षेत्रबाट यस पोर्टल मार्फत उपयोगी विषयवस्तु उपलब्ध गराइ सहयोग गरिदिन हुन विनम्र अनुरोध गर्दै यस पोर्टलमा स्वागत गर्दछौं ।

उद्धघोषण तथा कृयाकलापसबै हेर्नुस्

विकाश र शिक्षा को निम्ति सुचना तथा संचार प्रविधि बारे अन्तर्राष्ट्रिय गोष्ठी नेपालमा ।

SM Foundation र SeaGate Institute of Technology का प्रायोजकत्वामा संचालन हुने यो  चौथो २ दिने गोष्ठी November १६ र १७ का दिन होटल अन्नपूर्ण मा समापन हुने छ । सुचना तथा संचार प्रविधिको प्रयोगबाट कसरी देश विकाश र शिक्षा प्रति प्रभाव पार्न सकिन्छ भन्ने मुख्य विषय वस्तु रहनेछ भने सुचना तथा संचार प्रविधिको सृजनात्मक विकाश र प्रयोग गरि कसरी प्रभावकारीतामा जोड दिन सकिनेछ भन्ने कुराको पनि छलफल गरिने छ । 

विस्तृत

नेपालमा पहिलो पल्ट Project Management तालिम

Project Management को अवधारणा नेपालमा अझै नया छ। संसारमै यसको आवश्यक्ताको भैरहेको बेला, देशमा Project Management Association Nepal (PMAN) ले Septermber १५ देखि २० सम्म होटल मनास्लुमा सो विशयमा ५ दिने तालिमको समापन गररेको छ।

विस्तृत