कृषि

अवैध मल पक्राउ

उदयपुर, जेष्ठ ३१ - अवैध रुपमा गाईघाट ल्याउदै गरेको दुई ट्याक्टर यूरीया मल मंगलबार बिहान उदयपुरको त्रियुगा नगरपालीका - ७ मोतीगढमा पक्राउ परेको छ । भारतबाट अवैध रुपमा स १ त २७०० र ना ३ ख ५८७३ नम्वरको ट्याक्टरमा लोडि गरेर गाईघाट तर्फ ल्याउदै गरेको १ सय १९ बोरा मल पक्रउ गरिएको प्रहरी नायव उपरिक्षक मनोज यादवले वताए । अवैध करोबार गर्ने समुहले गुणस्तरहिन मल गाईघाट ल्याएर पहाडी क्षेत्र तिर पठाउने गरेको प्रहरी नायव उपरीक्षक यादवले वताए ।

विस्तृत

महिला शसक्तिकरण

महिला अधिकारकर्मीमाथि कुटपिट

उदयपुर, अषाढ ६ - सेनाको जागिर छाडेका एक हवल्दारले उदयुरको हडिया स्थित बजारमा दुई महिला अधिकारकर्मीलाई कुटपिट गरेका छन् ।आइतबार जिल्लाको सुन्दरपुरबाट काम गरेर र्फकने क्रममा हडिया - ७ का ३५ बर्षीय तोयानाथ लुईटेलले मुलधार महिला सेवा केन्द्रकी अध्यक्ष नजबुल खान (निलम) र ममिता मगरलाई कुटपिट गरेको  प्रहरीले जनाएको छ । मादक पर्दाथ सेवन गरेका लुइटेलसंग एक आपसमा विवाद हुँदा लुईटेलले अश्लील शब्द प्रयोग गर्दै अधिकारकर्मी खान र मगरलाई कुटपिट गरेकेा प्रहरी निरीक्षक कुलप्रसाद चौधरीले बताए ।

विस्तृत

रोजगार

बेलायतस्थित विद्यार्थीले ४ जुलाई देखि काम गर्न नपाउने

लन्डन, अषाढ १ - बेलायत सरकारले अध्यागमन नियन्त्रणकै एक हिस्सा स्वरुप अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई काम गर्न नदिने नियम आगामी ४ जुलाई, २०११ देखि लागू गर्ने भएको छ । अध्यागमन मन्त्री डेमियन ग्रीनले सोमबार लिखित वक्तव्यमार्फत सो घोषणा गरेका हुन् ।४ जुलाई पछि ‘टियर फोर’ अन्तर्गत प्राइभेट कलेज पढ्न भिसा लिने वा भिसा अवधि थप गर्ने अन्तर्राष्ट्रिय विद्यार्थीले कत्ति पनि काम गर्न पाउने छैनन् । भिसा लिइसकेका विद्यार्थी भने यस नियमबाट प्रभावित हुने छैनन् । 

विस्तृत

शिक्षा

एसएलसी नतिजा प्रकाशित, गत वर्षभन्दा कम उत्तीर्ण एसएलसीमा ५५.५५ पास

भक्तपुर, अषाढ ७ - २०६७ सालको एसएलसीमा ५५ दशमलव ५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । नियमिततर्फको यो नतिजा गत वर्षभन्दा ९ प्रतिशतले घटी हो । आंशिकतर्फ १७ दशमलव ३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । केन्द्रीय परीक्षा समितिको सोमबारको बैठकले नतिजा सार्वजनिक गरेको हो ।

विस्तृत

स्वास्थ्य

असुरक्षित प्रसूतिले मातृशिशु मृत्यु बढ्दो

रुकुम, अषाढ १ - असुरक्षित तरिकाले घरमै सुत्केरी गराउँदा रुकुममा मातृशिशु मृत्यु बढेको छ । पछिल्लो चार महिनामा १५ शिशु र १० सुत्केरीको मृत्यु भएको जिल्ला जनस्वास्थ्यले जनाएको छ । गाउँमा सुरक्षित प्रसूति गराउन स्वास्थ्य चौकीहरूमा औषधि र स्वास्थ्यकर्मीहरूको व्यवस्था नभएपछि घरमै सुत्केरी गराउँदा मातृ तथा शिशु मृत्युदर बढेको हो । स्वास्थ्य कार्यालयले फागुनयता मृत्यु भएका १५ शिशुहरूमध्ये सबै २८ दिन नपुगेका रहेको जनाएको छ । दुर्गम गोतामकोट, स्यालाखदी, पुर्तिमकाँडा लगायतका आधा दर्जन बढी गाविसमा सुत्केरी र महिनावारी हुँदा गोठमा बसाउने चलन

विस्तृत

सुचना तथा सञ्चार प्रविधी

आज दिनभर रुकुममा विधुत बन्द,एफएम प्रसारण रोकीयो ,अस्पताललाइ रोकीयो

रुकुम, चैत २० (नागरिक)- रुकुममा आइतबार दिनभर विद्युत बन्द हुने भएको छ। बाँफीकोट गाविस स्थित पावर हाउसमा रहेको ट्रान्समिटरमा फ्युल राख्नु पर्ने भएकाले एक दिनको लागि विद्युत सेवा बन्द गरिएको रुकुमेली उर्जा विकास समितिले जनासेवा नियमित हविद्युत बन्द हुँदा खलंगा, छिवाङ, बाँफीकोट, पिपल, पोखरा र रुकुमकोट गारि ६ गाविसका उपभोक्ताहरु मर्कामा परेका छन्। विद्युत नहुँदा जिल्लामा सञ्चालित सानीभेरी र सिस्ने एफएमले आफ्ना नियमित प्रसारणहरु बन्द गरेका छन्। विद्युत सेवा बन्दा हुँदा जिल्ला अस्पतालका बिरामीहरुलाई समस्या भएको छ। बिरामीलाई अक्सिजन दिन समस्या हुने गरेको अस्तालले जनाएको छ। जिल्लाका सरकारी तथा गैरसरकारी कार्यालयका काम, कल कारखाना र उद्योग धन्दा समेत प्रभावित भएका छन्।

विस्तृत