समाचार र घटनाहरुकृषि परामर्श कार्यक्रम

साप्ताहीक कृषि सम्बन्धि नि:शुल्क फोन (Toll-Free) अन्तर्क्रीया कार्यक्रम
नेपाल कृषि प्रधान देश हो भन्ने कुरा हामी सबैलाई अवगत भएको कुरा हो तर पनि नेपालको स्थितिमा हेर्ने हो भने देशको कृषि क्षेत्रमा विकास ल्याउनको निम्ती प्रत्यक्ष रुपमा सञ्चालन हुने कार्यक्रमहरुको संख्यामा कमी छ। जसको फलस्वरुप कृषक वर्गहरुलाई कृषि सम्बन्धी सूचनाहरु पाउन कठिन भएको छ। यस्तो समस्याको समाधान गर्न कृषि विभागले कृषि क्षेत्रका विज्ञहरु भेलागरी “कृषि नि:शुल्क फोन (Toll-Free) अन्तर्क्रीया कार्यक्रम” असार ६ गते २०६५ बाट परीक्षणको रुपमा सञ्चालन र प्रसारण शुरु गरेको छ। यो साप्ताहिक कार्यक्रममा कृषकहरुको विभिन्न सूचनात्मक समस्याहरुको समाधान गर्ने र त्यस विषयको विश्तृत जानकारी दिने भएको हुँदा इच्छुक स्रोतागणहरुले कार्यक्रम प्रसारण भएको समयमा नि:शुल्क फोन गरी जिज्ञासा राख्न सक्नु हुनेछ। फोन नं. १६६००१९५००० ।
यो कार्यक्रम को तालीका यस प्रकार छन :
२०६५/०३/०६ मा फलफुलको बारेमा
२०६५/०३/१३ मा धानबाली बारेमा
२०६५/०३/२० मा कफी र चियाको
२०६५/०३/२७ मा Bird flu को बारेमा
| २०६५/०४/०३ |
धान खेती र रोग किरा ब्यवस्थापन |
| २०६५/०४/१० |
पशुरोग र पशु आहार |
| २०६५/०४/१७ |
माटो र मलखाद |
| २०६५/०४/२४ |
खाद्य पोषण |
| २०६५/०४/३१ |
तरकारी खेती |
| २०६५/०५/०६ |
कच्चा दुधको गुणस्तर |
| २०६५/०५/१३ |
खाद्य पदार्थमा गुण नियन्त्रण |
| २०६५/०५/२० |
फलफुल तथा तरकारी बजार व्यवस्थापन |
| २०६५/०५/२७ |
सुरक्षित अनाज भण्डारण |
| २०६५/०६/०३ |
सहकारी ब्यवसाय |
| २०६५/०६/१० |
मासु र मासुबाट सर्ने रोगहरु |
| २०६५/०६/१७ |
खाद्य वस्तुको पोषण र गुण नियन्त्रण |
| २०६५/०६/२४ |
ब्यवसायीक किट विकास,(मौरी पालन) |
| २०६५/०७/०१ |
पशु आहार व्यवस्थापन |
| २०६५/०७/०८ |
आलु खेती व्यवस्थापन |
| २०६५/०७/१५ |
गहुँ खेती व्यवस्थापन |
| २०६५/०७/२२ |
माछा पालन व्यवस्थापन |
| २०६५/०७/२९ |
उन्नत कुखुरा पालन व्यवस्थापन |
| २०६५/०८/०६ |
कृषि उत्पादनमा माटो व्यवस्थापन |
| २०६५/०८/१३ |
सहकारी संघ संस्थाहरुको नियमन र संञ्चालन |
| २०६५/०८/२० |
गँहु बाली व्यवस्थापन |
| २०६५/०८/२७ |
ग्रामीण समुदायमा हेफर ईन्टरनेशनल |
| २०६५/०९/०४ |
Bird flu |
| २०६५/०९/११ |
सहकारी व्यवस्थापन |
| २०६५/०९/१८ |
हिउँदे फलफुल बगैचा स्थापना र ब्यवस्थापन |
| २०६५/०९/२५ |
पशु स्वास्थ्य |
यो कार्यक्रमलाई हरेक शुक्रबार मध्यान्न ठिक १:०० देखी २:०० बजे सम्म निम्न लिखित एफ.एम. (FM) हरु मार्फत प्रसारण गरिन्छ। यसको अनुसुचि निम्न छन्:
| प्रशारण गर्ने एफ एम स्टेशनहरु |
| क्र.स |
एफ. एम. स्टेशन |
प्रसारण हुने क्षेत्र |
| १ |
सप्तकोशी एफ.एम. |
पूर्वाञ्चल |
| २ |
रेडियो जनकपुर एफ.एम. |
जनकपुर |
| ३ |
उज्यालो एफ.एम. |
काठमाडौँ |
| ४ |
बुटवल एफ.एम. |
बुटवल |
| ५ |
बिरगन्ज एफ.एम. |
बिरगन्ज |
| ६ |
सिनर्जी एफ.एम. |
चितवन |
| ७ |
अन्नपूर्ण एफ.एम. |
पोखरा |
| ८ |
रेडियो धौलागीरी एफ.एम. |
बाग्लुङ्ग |
| ९ |
बागेश्वरी एफ.एम. |
नेपालगन्ज |
| १० |
रेडियो कर्णाली एफ.एम. |
जुम्ला |
| ११ |
रेडियो तुल्सीपुर एफ.एम |
दाङ्ग |
| १२ |
दिनेश एफ.एम |
कैंलाली |
यो कार्यक्रमले कृषकवर्गहरुको आफ्नो समस्याको समाधान गरि जिवनस्तरमा सुधार ल्याउन मद्दत गर्दछ। कृषकहरुलाई नि:शुल्क फोन सेवा प्रदान गरिने भएकोले यो एक प्रकारको आर्थिक बचत हो। Video मा रेकर्ड गरीएका कार्यक्रमका प्रतिलिपिहरु भविष्यमा यो वेबसाईटमा उपलब्ध गराउछौँ।
हिउँदे फलफुल बगैचा स्थापना र ब्यवस्थापनको बारेमा कार्यक्रम प्रसारण गरिन्छ । Back to News List Back to Home |